मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आँखा नदेख्ने अधिकारीको सफलताको कथा

आँखा नदेख्ने अधिकारीको सफलताको कथा


मानिसमा इच्छा र तीव्र चाहाना भयो भने कुनै काम गर्न नत मानिसलाइृ उमेरले छेक्छ न त शारीरिक दुर्वलताले । मेहनत र श्रममा विश्वास गर्नेहरुले छामेरै भए पनि आफनै पाखुराको कर्म खान्छन् भन्ने कुरा चरितार्थ गरेका छन् माडि नगरपालिकाका निवासी यम बहादुर अधिकारीले ।  विगत ४५ साल देखी दुवै आँखा पूर्ण रूपमा नदेख्ने यनिले अहिले आफनै घरमा आफनै श्रमले दुहुनो गाई पालेका छन् । जसलाई घास हाल्ने स्याहार सुसार देखी दूध दुहुने र दूध डेरी सम्म लाने काम आफै गर्ने गरेको वृद्ध आमा नरमा अधिकारीले बताउनु भयो ।  
 
आफ्नो हातले दूध दुहुन नसकने र छोराले छामेरै भए पनि गाई पालेर परिवार हुकाएको बताउनु हुन्छ ।
 
आँखा नदेख्ने हुँदा हुँदै पनि उहाँले गरेको मेहनत देखेर जिल्ला पशुसेवा कार्यालय चितवनले चालु आर्थिक वर्षमा उनलाई  ५० हजार अनुदान समेत सिफारिस गरेको  छ ।
 
आफूले स्थानीय सहकारी बाट श्रण लिएर सानो गोठ बनाएर गाई पालेको र पशुसेवा कार्यालयले अनुदान दिने भनेपछि गोठ सुधार गरी गाई थप्ने योजना बनाएको यम बहादुर अधिकारी बताउनु हुन्छ ।अधिकारीले दैनिक १० लिटर दुघ बिक्री गरेका छन् । 
 
त्यस्तै माडि नगरपालिका २ भैरवपुरका शशीधर भुर्तेलले पनि विदेश छोडेर माडिमै ५० वटा पाडा पालन गरेका छन् । विदेशमा दुख पाएपछि आफूले सानो सानो लगानीमा हल पाडा किनेर बेच्ने गरेको र त्यहाँ बाट राम्रै फाइदा आएपछि केही महिना देखि व्यावसायिक रुपमानै पाडा पालन सुरु गरेको उनले बताए । उनको गोठमा यति बेला ५० पाडा रहेका छन् । आफूले गोठमा हुर्काएका पाडा जोत्नका लागी किसानलाई दिने र किसानको बुढो भइसकेको पाडा ल्याएर व्यापारीलाई बेच्ने गरेको बताए । आफूले पाडा जोमसोमको लोमान्थागं सम्म पठाउने गरेको र यसबाट मासिक १ लाख भन्दा बढी कमाई गर्ने गरेको बताउछन् । उनलाई पनि पशुसेवा कार्यालयले २ लाख अनुदान दिएको छ ।
 
चितवनमा पाडा पालन व्यवसाय निकै फस्टाएको र चालु आर्थिक वर्षमा चितवनका ३ जना पाडा पालक किसानलाई दुई दुई लाख अनुदान दिएको जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डिल्लि राम सेडाईले बताउनु भयो । पाडा पालन व्यवसायमा मेहनत गर्न सके राम्रो आमदानी भएको पाइएको र किसान सन्तुष्ठी देखिएको उहा बताउनु हुन्छ ।
 
कार्यालयले माडिमा मात्रै अन्य विभिन्न शीर्षकमा करिब ३ लाख ५० हजार रकम अनुदान दिएको सेडाईले बताउनु भयो । उहाका अनुसार ४ जना किसान लाई हुईल ब्यारो ठेलागाडा, २ जनालाई बाख्राको खोर मर्मतमा प्रतिब्याक्ती बिस हजारका दरले अनुदान, १ किसानलाई ब्याडको बोका वितरण, ४ वटा गाईगोठ सुधारका लागी प्रतिब्यात्ती ५० हजार, मासु पसल सुधारमा १ वटा प्रति ब्याक्ती २५ हजार, च्याफ कटर एक किसानलाई र ५ जना किसानलाई दूधको क्यान वितरण गरेको उहा बताउनु हुन्छ । कार्यालयले किसानलाई अनुदानका कार्यक्रमलाई बिस्तार गर्दै लगेको छ ।