मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बस दुर्घटना हुँदा दुईको मृत्यु, २८ जना घाइते

बस दुर्घटना हुँदा दुईको मृत्यु, २८ जना घाइते


सल्यान । दाङको घोराहीबाट रुकुम खलङ्गाका लागि छुटेको ना ४ ख ५७५४ नंको बस आइतबार बिहान त्रिवेणी गाउँपालिका–५ सल्लेखोलानजिकै दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
 
घाइते चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका झिम्पे निवासी ५२ वर्षीय रातो खड्का तथा अर्का सनाखत हुन नसकेका व्यक्ति छन् । घाइतेको जिल्ला अस्पताल खलङ्गा र विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 
 
गम्भीर घाइते भएकाहरुलाई भने नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । अत्यधिक गतिका कारण अनियन्त्रित भई बस सडकबाट झण्डै ५० मि तल झरेको बताइएको छ ।  रासस