काठमाडौँ । अवैधरूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी)मा संलग्न चारजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले काठमाडौँ र भक्तपुरबाट भिओआइपी उपकरणसहित उनीहरूलाई पक्राउ गरेको हो । गोरखाको अजिरकोटका प्रोसेस गुरुङ, काठमाडौंको शंखरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित झुकाल तथा भक्तपुरको सूर्यविनायकका कृष्ण नगरकोटीलाई काठमाडौँ र भक्तपुरबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता अनुपमशमशेर जबराले…