राजनीति-समाज

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान कांग्रेसको माग

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान कांग्रेसको माग


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न माग गरेको छ। जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विज्ञप्ति जारी गर्दै मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान माग गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘२३ भदौमा शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा घुसपैठ गरी हिंसात्मक बनाउन उक्साउने, तत्कालीन सरकारबाट भएको अत्यधिक बल प्रयोग र त्यसपछि २४ भदौमा भएको आगजनी, तोडफोड तथा विध्वंसले मुलुकमा ठूलो जनधनको क्षति पुग्यो । यी घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गरी शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन उक्साउने, घुसपैठ गर्ने, अत्यधिक बल प्रयोग गर्ने तथा २४ भदौमा विध्वंस मच्चाउने सबै पक्षमाथि कारबाहीका लागि सिफारिस गरिसकेको छ ।’

Advertisement

आयोगको प्रतिवेदनमा पनि केही पात्रलाई जोगाउने गरी सत्ता नेतृत्वबाटै कैँची चलाइएको आशङ्का गर्ने ठाउँ देखिएको उल्लेख छ। गौरीबहादुर कार्की आयोगको भन्दा मानवअधिकार आयोगको प्रतिवेदन विश्वसनीय रहेको कांग्रेसको बुझाइ छ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सरकारले तत्काल सार्वजनिक गरी त्यसमा गरिएका सिफारिसलाई पूर्णरूपमा कार्यान्वयनमा लैजानुपर्छ । घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान र कानुनी कारबाही हुनुपर्छ । २३ भदौको अत्यधिक बल प्रयोगमा जिम्मेवार हुने जोसुकै हुन्, कानुनको दायरामा ल्याइनुपर्छ ।’