वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने कन्सलटेन्सीका सञ्चालकहरू पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारी तथा भिजिट भिषामा विभिन्न देश पठाइदिन्छु भन्दै एक हजार जनाभन्दा बढी व्यक्तिहरूबाट दुई करोड ५० लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा विभिन्न कन्सलटेन्सीका ६ जना सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ कोटेश्‍वर बस्नेहरू सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भएका २७ वर्षीय रेशम रावल, २४ वर्षीय प्रेमबहादुर रावल, डडेल्धुरा…