मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

नेपाली विद्यार्थीलाई खाद्यान्न वितरण

नेपाली विद्यार्थीलाई खाद्यान्न वितरण


ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससले आइतबार रोजगारी नपाएर आर्थिक समस्यामा गुज्रिरहेका विद्यार्थीहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ ।

नेपाली समाज टेक्सस (एनएसटी) अन्तरगतको युवा तथा विद्यार्थी कार्यदलको संयोजनमा विद्यार्थीहरुलाई तत्कालिक राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो । कार्यदलका संयोजक प्रविश श्रेष्ठले रोजगारी नपाएर आर्थिक समस्यामा परेका विद्यार्थीहरुको पीडामा थोरै भएपनि मलहम लगाउन खाद्यान्न वितरण गरिएको बताए ।

प्रत्येक विद्यार्थीहरुलाई एक बोरा रोयल बास्मति चामल, दाल, तेल, नुन, ताजा तरकारी, मसला, कर्नपफ्लेक्स लगायत प्रदान गरिएको थियो । ‘हाम्रो प्रयास अध्ययनका लागि ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा झरेका हरेक नेपाली विद्यार्थी भाई–बहिनीहरुलाई रोजगारी दिएर आत्मनिर्भर बनाउने हो । तर अहिले सबैतिर संकटको समय भएको र रोजगारी पनि खुम्चिएको अवस्थाले गर्दा राहत स्वरुप खाद्यान्न सहयोग गरिएको हो’ उनले भने ।

खाद्यान्नका लागि ४६ जनाले नाम दर्ता गराएका थिए । तर आइतबार १८ जना मात्र सामान लिन आएका थिए । बाँकीलाई घर ठेगानामै डेलिभरी गर्ने योजनामा नेपाली समाज टेक्सस रहेको छ । नेपाली समाज टेक्ससको यो कार्यलाई समुदायका सदस्यहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

विगत एक वर्षदेखि अमेरिकामा रोजगारी असाध्यै खुम्चिदै गएको छ । नयाँ रोजगारीमा भएको सिर्जनाको तुलनामा भएको रोजगारी गुमाउनेको संख्या बढ्दै गएको छ । विशेषगरि सूचना प्रविधिको क्षेत्रमा परिवर्तन, विश्वव्यापी मुद्रास्फिती, ठूला कर्पोरेट सेक्टरले साना व्यबसायलाई पारेको विस्थापनले रोजगारी संकट चुलिँदो छ । ग्रीनकार्ड भएका, अमेरिकी सिटिजनशीप लिइसकेकाहरुले समेत रोजगारी गुमाइरहेको समयमा विद्यार्थीहरुलाई निकै कठिनाई परेको छ ।

आगामी दिनमा समेत यस प्रकारको फुडबैंक कार्यक्रमलाई निरन्तरता दिइने नेपाली समाज टेक्ससले जनाएको छ ।