हेटौँडा । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका चार जना उम्मेदवार विजयी भएका छन् । हेटौँडामा सम्पन्न मतगणनाअनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका २ जना, नेकपा माओवादी केन्द्रका एक र नेकपा एकीकृत समाजवादीका एकजना उम्मेदवार बिजयी भएका हुन् । विजयी हुनेहरुमा कांग्रेसका जितजङ्ग बस्नेत र विष्णुकुमारी पुडासैनी रहेका छ्न भने माओवादी केन्द्रका श्रीकृष्ण…