बाढीप्रभावित क्षेत्रमा सेनाका आठ हजार ४०० बढी जनशक्ति परिचालन

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित थप १८३ जनाको नेपाली सेनाका हेलिकप्टरमार्फत उद्धार गरिएको छ। नेपाली सेनाका अनुसार आइतबार बिहान ११ बजेसम्म टिमुरे, धुन्चे र हाकुबेंसी क्षेत्रबाट चार चिनियाँ नागरिकसहित १८३ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको हो। यसैगरी, त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार प्रयासलाई थप तीव्र बनाइएको छ। भदौ १२ गतेदेखि घटनास्थलमा खटिएको…