राजनीति-समाज

प्रधानमन्त्रीलाई पाँच वर्ष सरकार टिकाएर देखाउन सांसद्को चुनौती

प्रधानमन्त्रीलाई पाँच वर्ष सरकार टिकाएर देखाउन सांसद्को चुनौती


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

काठमाडौँ । सांसद् झक्कुप्रसाद सुवेदीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सरकार पाँच वर्ष टिकाएर देखाउन चुनौती दिएका छन् । झन्डै दुईतिहाइ बहुमत भएको सरकारका प्रधानमन्त्रीलाई उनले सरकार आफ्नै कारण ढल्ने बताएका हुन् ।

राष्ट्रियसभाको यो अधिवेशनको अन्तिम बैठकमा दलीय आधारमा धारणा राखेका सुवेदीले अरु कुनै काम गर्न नसकेको भन्दै अब सरकार टिकाएर चुनौती दिए ।

Advertisement

‘म यो सरकारलाई एउटामात्र काम गरेर देखाउन चुनौती गर्छु, तपाईंको सरकार पाँच वर्ष चलाएर देखाउनुहोस्’, सुवेदीले भने, ‘देश लोडसेडिङ मुक्त बनाउनेहरूलाई बिजुलीमा भ्याट लगाउनेहरूले सोध्दै हुनुहुन्छ– ३५ वर्षमा के गर्नुभयो ।’

यो सरकार अल्गोरिदमले जन्माएको हो वर्तमान सरकार कुनै विचार र सिद्धान्तबाट नभई अल्गोरिदमबाट जन्मिएको उनले बताए । सुवेदीले एउटै कुरा सयौँ पटक दोहोर्‍याउँदै जनतालाई भ्रममा पारेर वर्तमान सरकार आएको बताए ।

‘लोकप्रियता कुनै विचार होइन । वर्तमान सरकारको जन्म कुनै विचारबाट नभई अल्गोरिदमबाट भएको हो’, सुवेदीले भने, ‘सयौँ पटक ‘३५ वर्षमा देश बरबाद भयो’ भन्ने भनाइ दोहोर्‍याएर सरकार आएको हो ।’

उनले झन्डै दुईतिहाइ बहुमत पाएर आएको सरकार जनताका सामान्य प्रश्नमा पनि तेजोबध गर्नमा केन्द्रित रहेको बताए । उनले श्रीमान् गुमाएकी महिलाले खोजी गरियोस् भन्दा तथानाम गाली गर्नेहरूले सदाचारको विषयमा भाषण गर्ने गरेको बताए ।