काठमाडौँ । विपद्को वर्तमान परिस्थितिमा राजनीतिक दलहरू विभाजित नभई एकजुट भएर उद्धार, राहत र पुनर्स्थापनामा लाग्नुपर्ने निष्कर्ष सर्वदलीय बैठकले निकालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा मंगलबार सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा नेता ज्ञानबहादुर शाहीले नेपालले भोगिरहेको विपत्तिमा राजनीतिक दलहरू विभाजित नभई एकजुट भएर लाग्नुपर्ने निष्कर्ष बैठकले निकालेको बताए…