राजनीति-समाज

संविधान संशोधन संसदीय गणितमा सीमित हुनु हुँदैन : उपसभापति शर्मा

संविधान संशोधन संसदीय गणितमा सीमित हुनु हुँदैन : उपसभापति शर्मा


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनलाई संसद्को सङ्ख्यात्मक समीकरण वा सत्ता र प्रतिपक्षको चाहनामा मात्र सीमित गर्न नहुने बताएका छन् ।

संशोधन राष्ट्रिय एकता र नागरिकको भावनासँग जोडिएको विषय भएकाले व्यापक चिन्तन आवश्यक रहेको उनको भनाइ छ ।

Advertisement

काठमाडौँको खुलामञ्चमा आयोजित कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै शर्माले सरकारले संविधान संशोधनको प्रक्रिया व्यवस्थित र परिपक्व ढङ्गले अघि बढाए साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘संविधान संशोधनको विषय सत्ता र प्रतिपक्षको चाहनाको मात्रै विषय बन्नु हुँदैन । संविधान संशोधनको विषय गणितको विषय मात्रै बन्न हुँदैन’, उनले भनेका छन् ।

उपसभापति शर्माले संविधान संशोधन गर्दा संसदीय गणितसँगै समग्र राष्ट्रिय एकता र नागरिकको भावनालाई ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । संविधानले परिकल्पना गरेअनुसारको मूल्याङ्कनका आधारमा संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।

उनले संशोधनका क्रममा जेन–जेड आन्दोलनको मर्म र भावना, मधेश आन्दोलन तथा विभिन्न समुदाय र भूगोलबाट उठेका मागलाई पनि सम्बोधन गर्नुपर्ने बताएका छन् ।