काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टीलाई विधि, विधान र स्थापित लोकतान्त्रिक मूल्यमान्यताअनुसार अघि बढाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको संस्थापनइतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सिंहले पार्टीका संस्थापक नेताहरूले देखाएको आदर्श र सिद्धान्तबाट विचलित हुन नहुनेमा जोड दिए । उनले बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्णशमशेर राणालगायत संस्थापक नेताहरूले लोकतान्त्रिक…