काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता प्रमेशकुमार हमालले सरकार संसद्प्रति जिम्मेवार बन्न नसकेको आरोप लगाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। संघीय संसद्को चालु अधिवेशन अन्त्यको चरणमा शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै हमालले सरकारको पछिल्लो छ महिनाको कार्यसम्पादन, संसद्प्रतिको जवाफदेहिता, सुशासन, सेवा प्रवाह र आर्थिक अवस्थाबारे आलोचना गरेका हुन्। उनले संसदमा सांसदहरूले जनजीविका, विकास,…