काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षाको निम्ति परिवर्तनकारी शक्तिहरूबीच एकताको आवश्यकता रहेको बताएका छन् । नेकपा, पर्साले वीरगञ्जमा आयोजना गरेको ‘पार्टी एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण’ कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्र, सार्वभौमसत्ता, संघीय शासन व्यवस्था, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रणालीलगायत प्राप्त संवैधानिक अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिए…