क्यानाडा- क्यानाडाको एडमण्टनका नेपालीहरुले तिहार पर्व भव्यताका साथ मनाएका छन । नेपाल हेरिटेज सोसाइटी अफ एडमण्टन अल्बर्टाको आयोजनामा भएको तिहार कार्यक्रममा नेपालीहरु उपश्थित भइ सामुुहिक रुपमा लक्ष्मीपूजा, देउसी भैलो तथा नेपाली साँकृतिक कार्यक्रम गरेका थिए । नोभेम्बर ७ तारिखमा भएको सो कार्यक्रमलाई संस्थाका पूर्व अध्यक्ष भुपेन्द्र लामिछानेले सँयोजन गरेका थिए । कार्यक्रममा निशुल्क भोजन वितरण तथा नाच गानपनि गरीएको संस्थाका कल्चरल डाइरेक्टर विनय ज्ञावलीले बताए । नेपालीको महान चाड तिहारको कार्यक्रममा तिहारको महत्व, इतिहास तथा यसको संस्कृतिको बारेमा जानकारी गराइएको सो कार्यक्रम अनि यस्ता सामुहिक रुपमा मनाउने परम्पराले क्यानाडामा हुर्कदै गरेका नयाँ पूस्ताले आफ्नो कला परम्परा र संस्कृतिलाई जान्न सक्ने भएकोले यसको महत्व रहेको संस्थाका सचिव सुरज खतिवडाले बताए । कार्यक्रममा तिहार सम्बन्धी हाजीरी जवाफ कार्यक्रमपनि गरिएको थियो ।
सामूहिक देउसी भैलोमा बालबालिकाका तर्फवाट प्रान्जल अधिकारी, महिला तर्फवाट सृष्टि लम्साल, प्रशुभा ढकाल, सूनीता पराजुली र पुरुष तर्फवाट सुरज खतिवडा र विनय ज्ञावली को नेतृत्मा पुरुष देउसी भेलो गरिएको थियो । देउसी कार्यक्रममा उपस्थित हरुलाई संस्थाका सदस्य सचिन पाण्डे, डोलराज भूर्तेल, कृतिनिधि लम्साल र रमेश ढकालको सक्रियतामा खानाकोे व्यवस्था गरिएको थियो ।
कार्यक्रममा नेपालबाट तिहार मनाउन आएका ज्येष्ठ र अभिभावकहरुकोपनि उपश्थिती रहेको थियो । कार्यक्रममा नेपालको कावासोती स्थायी बसोबास रहेका भुवानीप्रसाद तिवारीले विदेशी भुमीमा भएको देउसी भैलो कार्यक्रमप्रति खुशी व्यक्त गर्दै आगमी दिनमा पनि यसले निरन्तरता पाउने विस्वास जनाए । त्यस्तै नेपालवाट छोराबुहारी र नाती नातीना भेट्न आएकी विष्णु माया पाण्डले देउसी भैलोको माहोलले आफू नेपालमै रहेको महशुस गरेको बताइन । कार्यक्रमको निरन्तरता वारे बोल्दै भविश्यमा पनि सामुहिक चाडवाड मनाउँदै कला र संस्कृती जर्गेनामा संस्था सदैव लागिरहने अध्यक्ष देवेन्द्र कार्कीले प्रतिबद्धता जनाए ।













प्रतिक्रिया