काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लामा जुवातास तथा कौडा खेलिरहेको अवस्थामा ११० जनालाई पक्राउ गरेको छ । काठमाडौं, चितवन, धनकुटा, भक्तपुर, झापा, धनुषा, कपिलवस्तु, सर्लाही, कञ्चनपुर र कास्कीबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ५६ हजार ५४० रुपैयाँ र ६ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।
चितवनका तीन स्थानबाट १५ जना पक्राउ परेका छन् । रत्ननगर नगरपालिका–१६ हात्तीगाडेबाट कौडा खेलिरहेको अवस्थामा ६ जना, भरतपुर महानगरपालिका–७ बाट तास खेलिरहेको अवस्थामा ७ जना र भरतपुर–१२ सहयोगी टोलबाट कौडा खेलिरहेको अवस्थामा दुई जना पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट कुल ४ लाख २६ हजार २०५ रुपैयाँ र कौडा तथा तास बरामद गरिएको छ । धनकुटाको पाख्रीबास नगरपालिका–९ मा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट १ लाख ७ हजार ३१५ रुपैयाँ र ३० थान कौडा बरामद भएको छ ।
भक्तपुरका दुई स्थानबाट २४ जना पक्राउ परेका छन् । मध्यपुर थिमि नगरपालिका–३ एसएस चोकबाट तास खेलिरहेको अवस्थामा ९ जना र चाँगुनारायण नगरपालिका–७ बागेश्वरी पकरीटोलबाट १५ जना पक्राउ परेका हुन् । उनीहरूको साथबाट १ लाख ९६ हजार १५० रुपैयाँ र पाँच बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।
झापाका दुई स्थानबाट २२ जना पक्राउ परेका छन् । कमल गाउँपालिका–५ टुक्रेबाट १२ जना र दमक नगरपालिका–१० बाट कौडा खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका हुन् । उनीहरूको साथबाट २ लाख ७ हजार ९१० रुपैयाँ तथा तास र कौडा बरामद भएको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२ शिव चोकबाट तास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ६७ हजार ५०० रुपैयाँ र एक बुक तास बरामद भएको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–७ चौरीगाउँबाट तास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ७८ हजार ४८५ रुपैयाँ र तीन बुक तास बरामद भएको छ ।
सर्लाहीका दुई स्थानबाट ११ जना पक्राउ परेका छन् । बरहथवा नगरपालिका–९ मुर्तियाबाट कौडा खेलिरहेको अवस्थामा दुई जना र लालबन्दी नगरपालिका–४ हरिभवन टोलबाट तास तथा कौडा खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका हुन् ।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ पुष्पलाल चोकबाट कौडा खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट १ लाख ४७ हजार २५६ रुपैयाँ र तीन थान कौडा बरामद भएको छ ।
कास्कीको पोखरा महानगरपालिका–१८ अधेरीकुनास्थित एक कोठाबाट तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ६३ हजार ५२५ रुपैयाँ र चार बुक तास बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













प्रतिक्रिया