ड्यालस, अमेरिका । डा. मुरली अधिकारीद्वारा लिखित ‘सत्य गीता’ पुस्तकको परिचर्चा तथा सम्मान कार्यक्रम आइतबार ड्यालसमा सम्पन्न भएको छ । टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको युलेस सिटीमा रहेको पशुपतिनाथ मन्दिर तथा बुद्ध बिहारको निर्माणमा अथक रुपमा कृयाशील डा. अधिकारीको यो पुस्तक गत महिनामात्र लोकार्पण भएको थियो । कार्यक्रममा लेखक डा. अधिकारीले आफूले लामो समयसम्म गीताको अध्ययनपश्चात्…