मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
साहित्य/सिर्जना   

पाण्डेको ‘साइलेन्ट भ्वाइस’ माथि ड्यालसमा अन्तरकृया

पाण्डेको ‘साइलेन्ट भ्वाइस’ माथि ड्यालसमा अन्तरकृया


ड्यालस (टेक्सस) । साहित्यकार सीता पाण्डेको नयाँ कृति साइलेन्ट भ्वाइसको विषयमा आइतबार युलेसमा अन्तरकृया सम्पन्न भयो ।

श्रष्टा साँझ अमेरिकाको आयोजनामा भएको कार्यक्रममा लेखिका पाण्डेले समाजमा लुकाइएका, दवाइएका नारी भावनाहरुलाई पुस्तकको माध्यमबाट बाहिर ल्याएको उल्लेख गरिन् ।

कार्यक्रमको सुरुमा श्रष्टा साँझका अध्यक्ष प्रभात दीक्षितले सहभागीहरुलाई स्वागत गर्दै लेखकको परिचय र नयाँ कृतिका बारेमा चर्चा गरेका थिए ।

त्यस अवसरमा साहित्यकार राधाकृष्ण काफ्लेले समाजले निषेध गरेको विषयलाई लेखिका पाण्डेले केन्द्रमा राखेर लेखेको पुस्तकले समाजको धेरै पाटो केलाएको उल्लेख गर्दै पुस्तक पठनीय मात्र नभएर भविष्यको पुस्ताका लागि नेपाली समाजको बनौट बुझ्ने एउटा दस्तावेज समेत हुने चर्चा गरे ।

सो अवसरमा लेखकद्वय सञ्जय घिमिरे र विनोद रिजालले पुस्तकका विविध आयाम, समाजको वस्तुस्थितीमा गरिएको वर्णनका विषयमा संवाद गरेका थिए ।

नेपाली समाजलाई केही वर्षदेखि नजिकबाट हेरिरहेकी एलिजावेथ ग्रेले पुस्तकमा नेपाली समाजलाई केलाइएको सन्दर्भ र पछिल्लो समयमा आफूले नेपालको भ्रमण गर्दा भोगेको अनुभवलाई प्रस्तुत गरेकी थिइन् ।

नेपाल पत्रकार महासंघका पूर्ब अध्यक्ष तथा वरिष्ठ पत्रकार हरिहर विरहीले विश्वेश्वर प्रसाद कोइराला र पारिजातले कोरेको यौन साहित्यको सडकमा पाण्डेले राजमार्गको रुप दिएको उल्लेख गरे । सो अवसरमा अन्तर्राष्ट्रिय साहित्य समाज ड्यालस फोर्टवर्थ च्याप्टर अध्यक्ष निर्मला राई, लेखिका शिलु घिमिरे लगायतले साहित्य र यौनका विषयमा चर्चा गरेका थिए ।

शेयर गर्नुहोस:

702
Shares