अनि म त शहीद भएँ…(कविता)

-सुनील बाबु पन्त गोलीको छर्राले छेडेर गयो, यो मुटु फुट्यो, थामिएन रगत म जमिनमा ढलेँ, आँखा खुलेका खुलै रहे त्यो कोलाहलमा, बन्दुकको आवाजमा आमालाई याद गरेँ बाबालाई याद गरेँ गरेँ बहिनीलाई याद अनि म त शहीद भएँ...! देश बिरामी थियो, उसलाई निको पार्न मेरो रगत चाहियो मैले रगत दिएँ एउटा सरकारले मलाई गोली हान्यो अर्को…