मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

आमा

आमा


प्यारी आमा,
कहिले काॅही तिम्रो चित
जानी नजानी निकै दुखाए होला
मैले मेरो सारा दुनिया देख्ने तिम्रा 
ती नयनहरूबाट कहिले काॅही ॲाशुका 
ढिक्का खसाल्न पनि वाध्य बनाए होला 
मैले अनजानमा गरेका ती व्यवहारलाई
माफ गरि दिनु है आमा ।।।
 
अझै पनि याद छ आमा ती पलहरू
जब दुनियाले मेरा शब्दलाई छि छि भन्यो
तब तिमीले तीनै शब्दलाई वाह वाह भन्यैौ
सारा दुनियाले मेरो बारेमा कुरा काट्दा
एक तिमी मात्र थियौ आमा जसले
मेरो उन्नतिको प्रशंसा गऱ्यो।।।
 
यो आमा भन्ने शब्द कति प्यारो छ है
दुखी भई ॲाशुका ढिक्काहरू खसाल्दा र
खुसी हॅुदाको अट्टाहास हाॅसो हाॅस्दा
यी ओठहरूले तिम्रै नाम पुकार छन आमा
सारा संसारलाई आफ्ना इच्छाहरू 
बुझाउॅंदा र सम्झाउॅंदा थाकिसकेकी म
निशब्द भई तिमी सामु आउॅंदा 
तिमीले नै मेरा इच्छाहरू बुझिदिन्थ्यौ आमा।।।
 
तिम्रो जस्तो चोखो र निस्वार्थ माया
अरू कसैमा पनि देख्न सकिन आमा
तिम्रो जस्तो कोमल चित 
अरू कसैमा भेटिन आमा
ॲाफू भोकै बसेर भए पनि
मेरो पेट भरि दिन्थ्यौ आमा
यति चोखो तिम्रो मायालाई म 
कसरी मोल गर्न सक्छु र आमा।।।
 
आमा , तिम्रो त्यो मुहारमा हाॅसो देखि राख्न पाॅंउ
तिम्रा त्यी नयनमा यस्तै माया देखि राख्न पाॅंउ
तिमीले दिएका यी मिठा पलहरूलाई
सॅधै म सॅंगालेर राख्ने छु आमा
मप्रतिबाट तिमीले देखेका हरेक सपनालाई
म एक दिन अवश्य साकार गर्ने छु आमा।।
 
-प्रतिक्षा पौडेल 
 पोखरा