मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

उहिले मानब गाउँ थियो

उहिले मानब गाउँ थियो


उहिले यो मानब बस्तीमा छिमेकी भन्ने हुन्थ्यो
एक अर्कामा
नुन मागे नुन दिन्थे पिठो सकियो पिठो दिन्थे
चामल सकियो चालम दिन्थे
सत्यनारायणको पुजा हुन्थ्यो गाउँ भरि प्रसाद बाँडीन्थ्यो
प्यास लागि पानि माग्दा मोही दहि दिन्थे
बटुवाको लागि चौतारोमा चिसो पानि राखिन्थ्यो
दुखमा आँशु र सुखमा हाँसो साट्ने गर्थे
मनमा बिस्वासको पहाड हुन्थ्यो
घर छोडी कतै जानु पर्दा
एक अर्काको ढोकाको साँचो जिम्मा लगाई हिड्थे
एक अर्कामा सापट चल्थ्यो
पाकेको मिठो एक अर्का लाइ चखाउने गर्थे
मेला पर्ब संगै धर्म कर्म संगै गर्थे
घाट सम्म नै साथ् हुन्थ्यो
अन्तत त्यो मानब बस्ति आज शहर बन्यो
र आज
मानब बस्तिको भिडमा छिमेकी हुँदैन
अग्लो फलाम र कंक्रिटको पर्खाल हुन्छ
म र मेरो बैभबताको होडबाजी चलेको छ
सोचको होइन सम्पतिको मर्यादा गर्ने चलन छ
चिन्दैन पर्खाल पारीको मान्छे लाइ मान्छेले
ससंकित छ त्रसित छ एकले अर्को लाइ चोर देख्छ
ढोकामा "स्वागतम"को बदलामा "कुक्कुर देखि होसियार "लेख्छ
मानब बस्ती बढेको छ मानबता हराएको छ
बिस्वासको खडेरी छ पानि बेचिन्छ
पानि माथि कर ठोकिन्छ …
बाजा बज्दा छिमेकीको मा बिहे भएको
पत्रिकामा पढेर छिमेकी मरेको थाहा पाउछ
मानबता मरेको मानब बस्ती
मान्छे देखि मान्छे ससंकित छ
मान्छे र मान्छेको सम्बन्ध आज
मान्छे हुनुको कारणले होइन स्वार्थले मात्र जोडेको छ
त्यो मानबबस्ति आज शहर बनेको छ
मान्छे को भिडमा मान्छेले मान्छे लाइ न चिन्ने भएको छ