चितवन । पूर्वी चितवनको रत्ननगर–३, शान्तिचोककी ५० वर्षीया सरस्वती पराजुलीले सडकमा संघर्ष गर्दै आएको ३० वर्ष भयो । तर, उनको कथा–व्यथा तीन दशकको संघर्षभन्दा धेरै गुणा बढी छ । ठेलामा बदाम बेच्नु उनको दैनिकी हो । एक्लो जिन्दगी, बूढ्यौली शरीर र त्यसमा पनि नियमित प्रेसरको औषधि खानुपर्ने उनी जीवनदेखि भने हरेस खाएकी छैनन् ।…