स्वास्थ्य संस्थाभित्र पानी चुहिँदा उपचारमा समस्या

जाजरकोट । डोल्पाको सिमानासँग जोडिएको जाजरकोटको भगवती स्वास्थ्य चौकीमा पानी चुहिँदा समस्या भएको छ ।   जिल्लाको अति दुर्गम क्षेत्रमा पर्ने यो स्वास्थ्य चौकीमा जीर्ण भवनका कारण पानी चुहिने समस्या आएको चौकीका प्रमुख तुलबहादुर नेवारले जानकारी दिए ।   स्वास्थ्य चौकी भवन रहेको जग्गा स्वास्थ्य चौकीको नाममा नभएका कारण थप मर्मत हुन नसकेको हो ।…