मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / जीवनशैली   

लिङ्ग पहिचान गरी गर्भपतन गर्न प्रोत्साहन गरेको आरोपमा डा. नुतन शर्मा निलम्बित

लिङ्ग पहिचान गरी गर्भपतन गर्न प्रोत्साहन गरेको आरोपमा डा. नुतन शर्मा निलम्बित


 
ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा कार्यरत डा. नुतन शर्मा निलम्बनमा परेकी छिन् । प्रसूती तथा स्त्री रोग विशेषज्ञ डा शर्मालाई नेपाल मेडिकल काउन्सिलको फुल हाउसले तीन महिनाका लागि आइतबार निलम्बन गर्ने निर्णय गरेको हो । 
 
नेपाल मेडिकल काउन्सीलले ललितपुरको अल्का अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्मालाई निलम्बन गरेको छ । कानुन विपरित लिङ्ग पहिचान गरी गर्भपतन गर्न प्रोत्साहन गरेको भन्दै काउन्सीलले उनलाई ३ महिनाका लागि निलम्बन गरेको हो ।
 
उनले गर्भपतन गर्न प्रोत्साहन गरेको भिडियोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सर्तकता केन्द्रमा उजुरी परेको थियो । आयोग र केन्द्रले उनलाई निलम्बन गर्न पत्राचार गरेपछि काउन्सीलले यस्तो निर्णय गरेको स्रोतले जानकारी दियो ।
 
यसअघि डाक्टर शर्मासँग २ पटक स्पष्टिकरण लिएको र चित्तबुझ्दो जवाफ नआएको भन्दै निलम्बन गरिएको काउन्सीलले जनाएको छ । त्यस्तै सेतोपाटीसँग कुरा गर्दै डाक्टर शर्माले २ वर्ष पूरानो मुद्दा झिकेर आफूहरुमाथि ठूलै षड्यन्त्र रचिएको बताईन ।
 
'संजय शाह नाम गरेको एक व्यक्तिले २ वर्षअघि मेरो ओपिडीमा पसेर भिडियो खिचे र ४० लाख मागे मैले दिइन्' डाक्टर शर्माले भनिन् 'त्यसैको बदलामा उसले मेरो एनएमसी नम्बर खारेज गर्ने धम्की दिएको थियो।' ४० लाख मागेका शाहले अन्त्यमा २० लाख दिन माग गरेपनि आफूले रकम नदिएको उनले बताईन ।
 
शाहले भिडियोमा भनेको महिलाले डेलिभरी भइसकेको र ती बालक अहिले स्वस्थ्य रहेको उनले बताईन ।
आफूले गल्ती नगरेका कारण शाहले ब्ल्याक मेलिङ गर्दा पनि रकम नदिएको उनले प्रष्ट्याइन् । 
 
उनले आफूमाथि अन्याय भएको र न्यायको लागि अदालत जाने बताईन । काउन्सिलले चिकित्सकीय आरचासंहितालाई समेत ख्याल नगरेर कानुन विपरितको कार्य गरेको भन्दै यस्तो निर्णय गरेको जनाएको छ ।
 
मेडिकल काउन्सिलले चिकित्सकलाई कारबाही गरेको यो पहिलोपल्ट हो । काउन्सिलले चिकित्सकीय आचारसंहितमा अनुगमन नगर्दा चिकित्सकीय लापरबाहीका घटना बढिरहेका छन् ।

 

Advertisement
ADVERTISEMENT

शेयर गर्नुहोस:

0
Shares