मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

प्रसूति गृहमा पेइङ क्लिनिक पनि

प्रसूति गृहमा पेइङ क्लिनिक पनि


काठमाडौं– परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (प्रसूति गृह) थापाथलीमा ‘पेइङ क्लिनिक’ सञ्चालन हुने भएको छ । मंगलवारदेखि हरेक दिन दिउसो ३ बजेदेखि ६ बजेसम्म निश्चित शुल्क तिरेर चेकजाँच गर्न पाइने भएको हो । बिहानको जनरल ओपीडीमा टिकट काटेका बिरामीको जाँच सकेपछि दिउँसोबाट पेइङ क्लिनिक सञ्चालन हुनेछ । बिहान टिकट लिन नसकेको वा लिन नभ्याएकाहरु पेइङ क्लिनिकबाट लाभावान्दित हुने अस्पतालका निर्देशक डा जागेश्वर गौतमले बताए ।
 
राजधानी केन्द्रमा भएकाले धेरै सेवाग्राहीहरु चाहेर पनि सेवाबाट बञ्चित भइरहेको अवस्थामा पेइङ क्लिनिक प्रभावकारी हुने उनको अपेक्षा छ । उनले भने, ‘एकातिर समयसीमाका कारण सेवा नपाएर सेवाग्राही फर्किनुपर्ने छैन, अर्काेरित अस्पताललाई आत्मनिर्भर बनाउन सघाउनेछ ।’
 
सरकारी चिकित्सकलाई बाहिरका क्लिनिकमा काम गर्न जाने कुरामा निरुत्साहित गर्न कार्यरत अस्पतालमै क्लिनिक ‘पेइङ क्लिनिक’ खोल्ने सरकारको योजनामा छ । क्लिनिकबाट चिकिसत्सककले टिकट शुल्कको ५० प्रतिशत रकम लिन पाउनेछन् ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको अस्पताल विस्तारितसेवासम्बन्धी कार्यविधिमा अस्पतालले बिहानको जनरल ओपीडीमा (सोढे ८ बजेदेखि १२ बजेसम्म) टिकट काटेका बिरामीको जाँच सकेपछि दिउँसोबाट पेइङ क्लिनिक सञ्चालन गर्ने व्यवस्था रहेको छ । क्लिनिकमा जाँच गर्न चाहनेबाट अस्पताललाई सरकारले तोकिदिएको शुल्क नबढ्ने गरी लिन सक्ने व्यवस्था गरिएको छ ।