मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा केसीको जीवन रक्षा गर्न मन्त्री थापाको आग्रह

डा केसीको जीवन रक्षा गर्न मन्त्री थापाको आग्रह


धनगढी । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अनशनमा बसेका प्राध्यापक डा गोविन्द केसीको जीवनरक्षाका निम्ति सहयोग गर्न सांसदहरूसँग आग्रह गरेका छन् । 
 
बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका युवा नेतासमेत रहेका मन्त्री थापाले स्वास्थ्य मन्त्रालयभित्र गलत कुरा हुन नदिने भनेर आफूले डा केसीसँग अनशनमा नबसिदिन आग्रह गरेको स्मरण गराए ।
 
मन्त्री थापाले भने—‘त्रिभुवन विश्वविद्यालयको डिनको नियुक्तिको विषय टुङ्गिन सकेमा डा केसीको अनशन अन्त्य हुनसक्छ ।’ एक प्रश्नमा उनले सरकारले संवैधानिक निकायका प्रमुखविरुद्ध महाअभियोग लगाउन नमिल्ने र चाहेर पनि केही नहुने बताउँदै डा केसीले उठाएका मागको पक्षमा सांसदका रूपमा आफ्नो समर्थन भने रहेको दोहो¥याए ।
 
‘यो विषयमा छलफल चलाउनुपर्छ भनेर आफूले संसद्मा बोलेको हो, तर आज आफू फरक क्षमतामा छु’, मन्त्री थापाले भने । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै त्रिविवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसी दश दिनदेखि अनशनमा बसिरहेका छन् ।