मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

छालामा रातो देखिने दादले महामारीको रुप लिँदै

छालामा रातो देखिने दादले महामारीको रुप लिँदै


बुटवल । छालासम्बन्धी रोग दाद (छालामा रातो देखिने)ले महामारीको रुप लिन थालेको छ । रुपन्देहीको विभिन्न गाउँपालिका तथा नगरपालिकामा अधिकांशलाई छालामा कनाउने र कनाएपछि आनन्द मिल्ने विशेषता रहेको दाद महामारीको रुपमा फैलिएको हो । 
 
छाला, यौन तथा कुष्ट रोग विशेषज्ञ डा योगेश पौड्यालले दादको ‘स्टेर वाइड’ औषधिका कारण यसले महामारीको रुप लिन थालेको जानकारी दिए । उनले रोगबाट पीडितलाई यस्तो प्रकारको औषधि प्रयोग नगर्न सुझाव दिए । “मैले जाँच गरेका छालाका बिरामीमध्ये ७० प्रतिशतमा दादको समस्या देखिएको छ”, डा पौड्यालले भने । 
 
उनले यस्ता सस्तो प्रकारको मल्हमले दादको दाग हटाए पनि पूर्णरुपमा निको नहुने जानकारी दिँदै नङमा हुने सङ्क्रमणले पनि दाद फैलाउनमा सहयोग गरेको बताए । दाद काछ, स्तनमुनि, काखी, नङलगायतका शरीरका विभिन्न स्थानमा आउने सरुवा रोग हो । 
 
डा पौड्यालले सो रोग लाग्न नदिन विशेष गरेर सरसफाइमा ध्यान दिन आग्रह गर्दै यो रोग छालामा लाग्ने ढुसीका कारण हुन्छ भने । उनले सोनाडर्म, क्वाडीडर्म, रिङगार्डलगायतका औषधिले दाजको रातोपना घटाउने काममात्रै गरेको जानकारी दिँदै यस्तो खालको औषधिले शरीरको ढुसीसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर बनाउने तर्क गरे । 
 
डा पौड्याल भन्छन्, “यसले बिरामीलाई निको भयो भन्ने भान हुन्छ र पूर्णरुपमा निको नभएकाले पुनःछाला चिलाउन शुरु हुन्छ तर पुनः राम्रो औषधिले पनि काम नगर्न सक्छ ।” 
 
‘स्टेर वाइड’ औषधि प्रयोगमा नल्याउन दादका बिरामीलाई आग्रह गर्दै उनले यसको उपचार महङ्गो भएकाले समेत महामारीको रुप लिएको बताए । दाद छालाको माथिल्लो तहमा च्याउजस्तै भएर बसेको एक प्रकारको जीवाणु हो । यो तलसम्म जाँदैन माथिमाथि बसेको हुन्छ । छालामा एक प्रकारको प्रोटिन हुन्छ त्यो खाएर बसेको हुन्छ । 
 
छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डा पौड्यालले सरसफाइको चेतना र ‘स्टेर वाइड’ औषधिको प्रयोग नगरेर दाद पूर्णरुपमा निको हुने उल्लेख गर्दै ‘स्टेर वाइड’ औषधि नभएको भए महामारीको रुप आउँदैनथ्यो भन्छन् । 
 
तापक्रम बढी भएको ठाउँमा ढुसी लाग्ने र त्यसबाट दादले आफ्नो आकार लिने र गर्मी महिनामा पसिना आउने कारणले पनि फोहर भएर दाज आएको बताइएको छ । 
 
दादका लागि माछा वा मासु खान कुनै समस्या रहने छैन । डा पौड्यालले दादको बिरामीलाई ‘एन्टिफङ्गल’ औषधि कम्तीमा १५ दिनदेखि तीन महिनासम्म खान वा लगाउन आवश्यक हुने बताए । रासस