मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

चितवनमा दुई महिनामा १४५ जनालाई स्क्रब टाइफस

चितवनमा दुई महिनामा १४५ जनालाई स्क्रब टाइफस


चितवन । जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको छ । 
 
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ८०२ जनाको रगत परीक्षण गरिएकामा सो संख्यामा स्क्रब टाइफसको संक्रमण भेटिएको हो । 
 
कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका संक्रमितमध्ये चितवनका ५०, नवलपरासीका ३७, गोर्खाका २२ र अन्य जिल्लाका ३६ जना रहेका छन् । चितवनमा सहरी क्षेत्रका संक्रमित बढिरहेको उनले बताए । 
 
गत आर्थिक वर्षको साउन र भदौमा जिल्लामा १८४ जनामा सो रोगको संक्रमण भएको थियो । गत आवमा दुई हजार २३७ जनाको रगत परीक्षण गरिएकामा ४१० जनामा संक्रमण भेटिएको थियो । 
 
आँखाले देख्न नसकिने मुसाको कानमा हुने ‘माइट’ नामक जीवाणुको टोकाइबाट यसको संक्रमण हुने गर्दछ । जिल्लामा नौ जनामा डेँगुको सङ्क्रमण भेटिएको छ । पाँच सय ६१ जनाको रगत परीक्षण गरिएकोमा सो संख्यामा डेँगु भेटिएको हो । 
 
केसीका अनुसार चितवनका चार, नवलपरासी र गोर्खाका दुई/दुई तथा रुपन्देहीका एक जना संक्रमित भएका छन् । डेँगुको संक्रमण हुनेमा भरतपुर महानगरपालिकाका तीन र माडीका एक रहेको उनले बताए । 
 
गत आवमा जिल्लामा एक हजार ४५३ को रगत परीक्षण गरिएकामा ५९ जनामा डेँगुको सङ्क्रमण भेटिएको थियो । उनीहरुमध्ये ३३ चितवनका थिए । सो वर्ष भदौ मसान्तसम्ममा आठ जनामा डेँगु भेटिएको थियो । डेँगु रोग संक्रमित ‘एडिस’ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ ।