बेसक्याम्पको यात्रा जीवनकै अविस्मरणीय–सांसद भोजनी

ड्यालस (अमेरिका) । टेक्सस राज्यका सांसद सलमान भोजनीले आफ्नो नेपालको ट्रेकिङ्ग यात्रा जीवनभरि अविस्मरणीय रहने उल्लेख गरेका छन् । गत सेप्टेम्बर अक्टोबर महिनामा सगरमाथा आधार शिविरसम्म हिँडेर यात्रा गरेर रोमाञ्चक अनुभव लिएका थिए भोजनीले । उनले आइतबार गैर आवासीय नेपाली संघ (एनआरएनए) टेक्सस च्याप्टर र सिटी अफ युलेसको सयुक्त आयोजनामा भएको ‘भिजिट नेपाल २०२४–२०२५’ कार्यक्रममा…