माया, प्रेम, स्नेह, प्रणय, भक्ति, श्रध्दा, आदर, करुणा जस्ता चलनचल्तिका शब्दहरुकाबिच प्रतिनिधित्वका हिसाबले भिन्नता भएतापनि, विशेषताका हिसाबले भने एकरुपता भेटिन्छ। संसार मायामा अडिएको छ। माया बिनाको सार्थक जीवनको परिकल्पना, अपुरो, अधुरो र निरर्थक हुन्छ। सृष्टिकर्ताले नै संसारको सृष्टि गर्दा एक अर्काकाबिच अन्योन्याश्रित मायावी सम्बन्ध स्थापित गरिदिएका छन्। जसले सृष्टिलाई बचाउन, निरन्तरता दिन र सार्थक जीवन…