मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

अमेरिकी संसदका लागि चुनाव लड्ने डा. ह्यारी भण्डारीको घोषणा

अमेरिकी संसदका लागि चुनाव लड्ने डा. ह्यारी भण्डारीको घोषणा

दिनेश कार्की

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

(मैले मेरिल्याण्डकै नम्बर १ ब्रोडसिट दैनिक द बाल्टिमोर सनमार्फत् आजै मैले उम्मेद्वार घोषणा गरेको हुँ । मेरो चुनावी क्याम्पेनमा यसको अहम् महत्व हुन्छ। ) तस्बिर: बाल्टिमोर सन् इन्युजपपेर

बष्टन(अमेरिका)- मेरिल्याण्ड राज्यका डेलिगेट डा. ह्यारी भण्डारीले अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटीभमा जान उम्मेदवारी दिने भएका छन् । अमेरिकी राजनीतिमा नेपाली मूलका प्रतिनिधिको रुपमा कीर्तिमान कायम गरेका भण्डारी उक्त चुनावमा जितेर युएस रेप्रिजेन्टेटिभ बने भने उनले अमेरिकी राजनीतिमा सबैभन्दा उच्चतम पदमा पुग्ने नेपाली मूलका अमेरिकीको रुपमा इनिहास रच्ने छन् । उनको त्यो सम्भावित भावी सफलताले अमेरिकी राजनीतिमा नेपाली मूलका व्यक्तिको प्रतिनिधित्वको सीमा थप विस्तार हुने छ ।

सतहत्तर बर्षीय कंग्रेसम्यान डच रपर्सबर्जरले पून निर्वाचनका लागि चुनाव नलड्ने र अवकाश लिने घोषणा गरेको तीनदिन पछाडि भण्डारीले पनि उक्त पदका लागि आगामी मे १४ मा हुने प्राइमेरी चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा प्रतिष्ठित बाल्टिमोर सनलाई एक्सक्लुसिव अन्तरवार्ता दिंदै घोषणा गरेका हुन् । केन्द्रिय स्तरको अमेरिकाको हाउस अफ रेप्रिजेन्टेटिभमा विभिन्न राज्यबाट निर्वाचित ४ सय ३५ जना सदस्यहरु रहने व्यवस्था रहेको छ । संयूक्त राज्य अमेरिकाको संविधान अनुसार हाउस अफ रेप्रिजेन्टिेटिवले अमेरिकाको संघीय कानूनहरु बनाउने र पारित गर्ने काम गर्दछ ।

हाउस अफ डेलिगेट्समा पाँच वर्ष सेवा गरेपछि माथिल्लो कार्यालयको लागि चुनाव लड्नु आफुनो स्वभाविक प्रगति भएको उल्लेख गर्दै भण्डारीले सार्वजिनिक सेवाको आफ्नो प्रतिवद्धतालाई जारी राख्दै कमजोर मानिसहरुलाई सेवा प्रदान गर्न र रिपब्लिकनहरुसँग पनि मिलेर काम गर्दै रपर्सबर्जरको आफ्नो निर्वाचन क्षेत्रमा प्रगाढ सेवा दिने परम्परालाई निरन्तरता दिन उम्मेदबारी दिइएको बाल्टिमोर सनलाई बताए ।

डेलिगेट डा. भण्डारीले मेरिल्याण्ड राज्यको स्वास्थ सेवामा सर्वसाधारणको पहूँचलाई विस्तार गर्ने आफ्नो प्राथमिकता भएको उल्लेख गरे । मेरिल्याण्डसँग गज्जवका अस्पताल प्रणाली र उत्कृष्ट हेल्थ केयर प्रणाली छ, भण्डारीलाई उदृत गर्दै बाल्टिमोर सन लेख्छ, यद्यपी इमर्जेन्सीमा कुर्नुपर्ने समयलाई हेर्दा ५० मध्ये सबैभन्दा खराब ५० औं राज्यमा पर्दछौं ।

बाल्टिमोर सन अगाडि लेख्छ, सन् २००५ मा पहिलोपटक अमेरिका आएका भण्डारी दुइ बच्चाका पिता हुन र उनले रातमा ग्यास स्टेसनमा काम गर्दै जोन हप्किन्स युनिभर्सिटी पढे । उनले आफ्नो जीवनलाई अमेरिकन ड्रिमको एउटा उदाहरण भएको दावी गरे, सबैभन्दा पहिला विजुली नभएको गाउँमा हुर्केर पछि नेपाल बाहिर गइ अन्तत बाल्टिमोर काउन्टीको युनिभर्सीटी अफ मेरिल्याण्डबाट विद्यावारिधी(पि एचडी) हासिल गरे ।

भण्डारीका प्रतिस्पर्धी :
अहिले भण्डारीले मे १४ को प्राइमेरिमा चुनाव लड्ने क्षेत्रबाट उनीबाहेक अरु कसैले पनि चुनाव लड्ने घोषणा गरिसकेका छ्रैनन् । यसको मलतव उनका प्रतिस्पर्धी हुने छैनन् भन्ने होइन । अमेरिकी प्रतिनिधिसभा सदस्यको चुनावमा प्रसस्तै इच्छुकहरु हुनेछन् । उनको सम्भावित कडा प्रतिस्पर्धी जोनी ओल्जेस्की हुनेछन् जो बाल्टीमोर काउण्टीका एक्जिक्यूटिव डेमोक्र्याट र पूर्व स्टेट डेलिगेट हुन् । ओल्जेस्कीले गत नोभेम्बर महिनामा स्थानीय डब्ल्यूबाल रेडियोलाई अन्तरवार्ता दिंदै भनेका थिए, यदि कंग्रेससदस्य रुपर्सबर्गले १२ औं कार्यकालका लागि उम्मेदवारी नदिने भए भने हामीले यसलाई गम्भिरताका साथ हेर्नेछौं ।