मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

हिजो हाँस्यो ह्युस्टन

हिजो हाँस्यो ह्युस्टन

सुजन पण्डित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अब हाँस्छ अमेरिकाकमेडी यात्राको एक श्रृङ्खला हिजो शुक्रवार साँझ ह्युस्टनमा भव्य रुपमा सम्पन्न भएको छ।अब हाँस्छ ह्युस्टनभनिएको नेपालका चर्चित कमेडियनहरुको करिब तीन घण्टाकोसोसंभवत ह्युस्टनमा आयोजना भएको उत्कृष्ट मनोरन्जनात्मक कार्यक्रम हो भन्दा फरक नपर्ला। करिब ३५० जना क्षमताको स्थानीय मोरिस कल्चरल आर्टस् सेन्टरमा आयोजितकमेडी सोमा तुलनात्मक रुपमा महङ्गो प्रवेश शुल्क बाबजुद करिब तीनसय दर्शक सहभागी भएको आयोजकहरुले जनाएकाछन्।

करिब तीन घण्टा पेट मिचीमिची हाँस्न पाउनु गज्जब हो’, एक नेपाली दर्शकको भनाई थियो।खाना लगायत कुनै पेय पदार्थ उपलब्ध नभएको कार्यक्रमको एकसय डलर प्रवेश शुल्क महङ्गै भएपनि तीन घण्टा मज्जाले हाँस्न पाइयो, कैयन कार्यक्रममा पैसा तिर्दैमा हाँस्न पाइन्छ नै भन्न सकिन्न नि”, अर्का सहभागीको प्रतिक्रिया थियो।

आफू त हाँसियो, तर के गर्नु महङ्गो टिकटका कारण घरका सबैजना आउन पाइएन। चारजना आउँदा चारसय जाने!”, अर्का सहभागीको दुखेसो थियो।

समग्रमा ह्युस्टन हिजो हाँसेकै हो। प्रवासको भागदौडको जिन्दगीबाट निकालिएको समयको गज्जबले सदुपयोग भएको हो। आठ जना कमेडियनहरुकोएकसेएकप्रस्तुतिले सहभागीहरुलाई भुँडीको लाम्टा दुख्नेगरी हँसाएकै हो। निर्धारित समय भन्दा केही ढिला शुरु भएको भएपनिसोनसकुन्जेल कसैलाई हतार थिएन। यति त भन्नै पर्छकरिब तीन सय नेपालीहरु हिजो ह्युस्टनमा मज्जाले हाँसेकै हुन्नेपालका चर्चित कमेडियनहरुको जम्बो टोलीनै ल्याएर नेपालीहरुलाई हँसाउने अब्बल संयोजन ट्राभल एजेन्सी व्यवसायी विनोद अधिकारीले गरेकै हुन्।

एकमहिना लामो कमेडी यात्रामा रहेको नेपालका अब्बल कमेडियनहरुको प्रस्तुति गज्जब कै थियो। गैर आवासीय नेपाली संघ भित्रको बेथिती, अमेरिकामा च्याउसरी खुलेका नेपाली संघसंथा, नसुहाँदा पद, फोहरी राजनीति, प्रवासको भाददौडको जिवनशैली, अमेरिकी राजनीति, भौतिक विकास, नेपाली गन्धेराजनीति, नेपाली नेता र सरकारमा रहेकाहरुको अकर्मण्यता, मौलाउँदो भ्रष्टाचार, अराजकता जस्ता जल्दाबल्दा विषयहरुलाई हास्यरस मिसाएर गरिएको प्रस्तुतिले दर्शकहरुको मन छोएको थियो। सटिक र वस्तुपरक व्यङ्ग्यमा तालीको फोहरा छुटेको थियो। सुनिंदा हल्का लागेपनि एकले अर्को कमेडियनलाई गरेकोरोष्टले पनि दर्शक हँसाएकै थियो।

केही कमेडियनहरुले आफ्नो प्रस्तुतिको अन्त्यमा नेपाली झण्डा गलामा लगाएर नेपाली माटोको सुगन्ध टेक्ससको ह्युस्टनसम्म ल्याएका थिए। करिब आठहजार माइल ( १३ हजार किमी) टाढा बसेपनि सबै नेपालीको दिलभित्र नेपाल छ। घरमा नेपालको झण्डा सजिएकै छ।

देश बाहिर रहेका नेपालीहरु भावनाको नेपाल बाँच्छन्। नेपाली भाषा, संस्कृति र खानपानमा आफ्नोपनका लागि समय र पैसा खर्चिएकाछन्। नेपालसंग जोडिने सबै कुरा प्यारो लाग्ने भएकाले नै कैयन नेपाली कलाकारहरुका एकल र सामुहिक प्रस्तुतिहरु आर्थिक र सामाजिक तबरले सफल हुँदै आएकाछन्। समय मिलेसम्म नेपाली कलाकारहरुका कार्यक्रम हेर्न पुगिहाल्ने नेपालीअमेरिकन दर्शकहरुका कारण बर्षेनी सयौंको संख्यामा नेपाली कलाकारहरु अमेरिकामा प्रस्तुति दिन आएकाछन् र नेपालीको अपार माया लिएर फर्केकाछन्।

स्ट्याण्डअप कमेडी र टेलिभिजन रियालिटी सोकमेडी च्याम्पियनबाट ख्याति कमाएका हास्य कलाकारहरुको टोलीले हिजो ह्युस्टनमा त्यस्तै माया र सम्मान पायो।अब हाँस्छ ह्युस्टनकमेडी सोपश्चात हिलक्रफ्टस्थित नेपाली रेष्टुँरा काठमाण्डु करी एण्ड बारमा कलाकारहरुसंग फोटो खिच्ने र संगै खाने कार्यक्रम मध्यरातसम्म जारी नै थियो। केमेडी यात्रामा गत वर्षका कमेडी च्याम्पियन भरतमणी पौडेल सहित स्ट्याण्डअप कमेडीका चर्चित कलाकार सन्दिप क्षेत्री, विष्णुप्रसाद (मेक्सम) गौडेल, सुमन कोइराला (दले दाइ), सुमन कार्की, कैलाश कार्की (भिखारी) सन्तोष थापा (नेपाली मास्टर) र सजन श्रेष्ठ रहेकाछन्।

कमेडी यात्राको स्थानीय आयोजकहरु द्रोण गौतम, डा. विष्णु नेपाल, अनिल पौडेल, निरन्जन शर्मा र प्रकाश कँडेल कलाकारमिट एण्ड ग्रिटकार्यक्रम व्यवस्थापन गर्न निकै तल्लीन देखिन्थे। धेरैलाई आफूलाई मन परेको कमेडियनसंग फोटो खिच्ने र उनीहरुको प्रस्तुतिका बारेमा प्रतिक्रिया दिने मौका दिएको थियो। लाग्थ्योकसैलाई घर जान हतार छैन। आफूलाई हँसाउने कलाकारसंग प्रत्यक्ष भेट्ने र त्यो भेटलाई तस्बिरमा सजाउने रहरले बिहानको एक बजिसकेको कसैलाई पत्तो थिएन। समयको पत्तो नहुनेमा म आफैं पनि थिएँ भन्न किन छुटाउनु?

तस्बिरः विनोद अधिकारी, फ्लाइ नेपाल/ सुजन पण्डित, हिमालय खबर