हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौं । सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको रोमाञ्चक फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार १९ रनले पराजित गर्दै उपाधि जितेको छ। सोमबार भएको फाइनल भिडन्तमा हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याउने क्रममा नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा भारी वर्षा सुरु भएको थियो। त्यसपछि थप खेल हुन…