मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उपसचिव नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर, एक वर्ष कैद सजाय र छ लाख जरिवाना हुने फैसला

उपसचिव नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर, एक वर्ष कैद सजाय र छ लाख जरिवाना हुने फैसला

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । विशेष अदालतले घूस रकमसहित पक्राउ परेका सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आज उक्त प्रकरणमा रङ्गेहात पक्राउ परेका नेपाललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको हो ।

अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार इजलासले नेपाललाई एक वर्ष कैद सजाय र रु छ लाख जरिवाना हुने फैसला सुनाएको हो ।

नेपालसँगै प्रतिवादी बनाइएका बिबी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले भने सफाइ पाएका छन् । बिबी एयरवेजको इजाजतपत्र नवीकरणका लागि नेपालले रु १६ लाख घूस लिएको अख्तियार दुरुपयोग अनुसन्धानको ठहर थियो । बिबी एयरवेजका कार्यकारी अधिकृत श्रेष्ठले भने नेपाललाई घूस नभई सापटी दिएको बयान दिएका थिए ।

उपसचिव नेपाल २०७९ साउन १७ गते नागपोखरीस्थित होटल अरण्यको परिसरबाट साढे रु २२ लाख घूस रकमसहित पक्राउ परेका थिए । पर्यटन मन्त्रालयमा कार्यरत उपसचिव नेपाल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरका ‘गोल्ड मेडलिष्ट’ हुन् ।