मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

सुनको अवैध पैठारीबारे जाँचबुझ आयोगले नेता महरासँग लियो बयान

सुनको अवैध पैठारीबारे जाँचबुझ आयोगले नेता महरासँग लियो बयान

ब्रेक सुबाट ६१ र भेपबाट ९ किलो सुन तस्करी प्रकरण


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बिहीबार बयान लिएको छ ।

‘ब्रेक सु’मा हालेर ल्याइएको ६१ किलो सुन र विद्युतीय चुरोट (भेप)मा हालेर ल्याइएको ९ किलो सुन प्रकरणको अनुसन्धानका लागि सरकारले गठन गरेको आयोगले बिहीबार सिंहदरबारमा उनीहरूसँग बयान लिएको हो ।

Advertisement

आयोगका एक सदस्यले उनीहरुसँग आवश्यक जानकारी लिइएको बताए । सुन प्रकरणका आरोपीहरु भण्डारी दावा छिरिङसँग नाम जोडिएका व्यक्ति हुन् । छिरिङ सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

आयोगले ब्रेक सुबाट ६१ किलो सुन र विद्युतीय सिगरेट (भेप)बाट ९ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा नाम जोडिएका र आरोपीहरुसँग आयोगले बयान लिइरहेको छ ।

सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्व सहसचिवहरू किशोरजङ्ग कार्की, प्रेमराज जोशी र पूर्वएआइजी सहकुल थापा सदस्य रहेको आयोग गठन गरेको थियो ।

शेयर गर्नुहोस:

81
Shares