काठमाडौँ । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा उनका छोराहरू सत्यराज र स्वरूपराज आचार्यले दागबत्ती दिए । त्यसअघि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको गायक आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै सङ्गीतकर्मीले उनकै गीत र भजनमार्फत बिदाइ गरेका थिए । सङ्गीतकार सङ्घ नेपालको आयोजनामा भएको…