मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
डिसी मेट्रो   

रक्तदाता मैनाली रहेनन

रक्तदाता मैनाली रहेनन


अमेरिका । रक्तदान गरेर संसारका ६ वटै महादेशका सयौँ मानिसहरुको जीवन बचाउन सफल मेगा रक्तदाता अर्जुन प्रसाद मैनालीलाई बचाउन सक्ने भने कोही भएनन् ।

रक्तदानबाट ६ सय भन्दा बढीलाई बचाउने मैनाली आफूले भने अल्पायुमै आत्महत्या गरेर जीवन समाप्त गरेका छन् । उनले जीवनमा २ सय ६ पटक रक्तदान गरेर रेकर्ड बनाएका छन् । सर्वाधिक रक्तदानको रेकर्ड बनाउन सफल मैनालीले आइतबार अमेरिकामा आत्महत्या गरेका छन् ।

५६ बर्षिय मैनालीले आइतबार अपरान्ह पत्नीलाई संबोधन गर्दै लामो स्टाटस लेखेर आत्महत्या गरेको बताइएको छ । नर्थ क्यारोलाइनाको हन्टर्सभीलमा बसोबास गर्दै आएका मैनालीले आइतबार अपरान्ह घरभन्दा केही परको जंगलमा गएर आफू चढेको गाडीमा आगो लगाएर आत्महत्या गरेको बुझिएको छ । आफ्नो सालो र सालोकी पत्नीको वचन सहन नसकेर आत्महत्याको बाटो रोजेको स्टाटसबाट बुझिन्छ ।

५६ बर्षिय मैनालीले आइतबार अपरान्ह पत्नीलाई संबोधन गर्दै लामो स्टाटस लेखेर आत्महत्या गरेको बताइएको छ ।

उनी हराएपछि परिवार र प्रहरीले व्यापक सर्च अभियान थालेको थियो । त्यसक्रममा घरभन्दा झण्डै ३५/४० माइल पर उनी चढेको गाडी प्रहरीले फेला पारेको थियो ।

‘गाडीमा बसेर आगो लगाउनु अघि अलिक पर उहाँको फोन र डकुमेन्ट राखेको रहेछ । डकुमेन्टहरु पुलिसले परिवारलाई जिम्मा दिएको छ । फोन अझै प्रहरीसँगै छ’ एक आफन्तले हिमालयखबरसँग भने ।
उनले केही दिन अघिमात्र नेपाल गएर दुईसय ६ औ रक्तदान गरेका थिए ।

उनले विश्वका मानव बसोबास रहेका ६ वटै महादेशमा पुगेर रक्तदान गरिसकेका छन् । सन् १९८७ मा काठमाडौं स्थित विशाल बजार लायन्स क्लबमा पहिलो पटक रक्तदान गरेर उनले अभियानको सुरुवात गरेका थिए । आफ्नो जीवनकालमा एकसय दुई लिटर रगत दान गरेर सयौ मानिसहरुको जीवन बचाएका छन् ।

उनले फेसबुकमा पत्नी ताराका नाममा लामो फेसबुक स्टाटस लेखेका छन् । नेपालमा मैनालीको पुर्ख्याैली घर काभ्रेपलाञ्चोकको कोटथुम्का, सिपाली हो । मैनाली रक्तदानसम्बन्धी उत्प्रेरणाका लागि बेला–बेलामा नेपाल आइपुग्छन्। उनी केही साता अघिसम्म पनि मेचीमहाकाली रक्तदान अभियानका लागि नेपालमै थिए ।

मैनालीको असामयीक र अस्वभाविक निधन प्रति अमेरिकामा नेपाली समुदाय शोकमा छन् । समुदायका अग्रजहरूले उनको निधनप्रति समवेदना व्यक्त गरेका छन् ।