मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

के यो चुनाव काँग्रेसको लागि प्रतिकुल थियो त ?

के यो चुनाव काँग्रेसको लागि प्रतिकुल थियो त ?


गत स्थानीय निर्वाचनमा देशको पहिलो ठुलो पार्टी काँग्रेस र तेस्रो ठुलो पार्टी मिल्दा दोस्रो ठुलो पार्टी एमालेलाई कर्नरमा पारियो । सरकारमा तिनै पार्टी थिए जो शक्तिको हिसाबले पहिलो र तेस्रो पनि आफै थिए सट्टा र शक्तिले दोस्रो ठुलो दल कर्नरमा पर्नु स्वाभाविक थियो । अहिले दोस्रो र तेस्रो दल एकातिर पहिलो र चौथो दल एकातिर हुँदा शक्ति शंतुलनको हिसाबले ठिकै हो ।
 
 तर यति खेर प्रधान मंत्री शेर बहादुर देउवाले आफू अनुकूल परिस्थिति नरहदा रहदै काँग्रेस हार्दै छ भन्ने जाँन्दा जाँन्दै पनि निर्वाचन सम्पन्न गराएर एतिहासिक काम गरे भनेर भित्ता रंगाउने के भन्न सकिन्छ भने हो सत्ताको बाडिचुडि खाने सहमतिको कारण सत्तामा यो पटक आसिन देउवालाई कागतालिले यो चुनाव गर्ने अवसर प्राप्त भयो। स्थानीय आधा चुनाव प्रचन्ड्ले सम्पन्न गरेका र आधा देउवा नेतृत्वमा भएको थियो त्यही सरकारको निरन्तरता स्वरूप  यो चुनाव सम्पन्न भयो । पछिल्लो सरकार बन्ने स्थिति नबनेको भए तातकालिन केपी ओली सरकारले  नै यी तिनै तहका निर्वाचन ६/६ महिना अघि नै  सम्पन्न गर्ने गरी मार्ग चित्र संसद् बाट समेत पारित गरेका थिए ।
 
आगामी माघ ८ गते भित्र संसद्को बैठक सुरु नहुने हो भने यो संविधान फेल हुन्छ र सरकार लगायत सम्पूर्ण निकायहरू अपाङ्ग हुने भएकोले यो निर्वाचन जसरी जुन सुकै हालतमा नगरी नहुने थियो। देउवा सरकार यस्तो परिस्थितिलाई पनि नजरअन्दाज गरेको र चुनाव सार्न विभिन्न बहाना बाजी नगरेको होइन गठबन्धन्मा सहभागी दलबाट समानुपातिक मतपत्र भीन्दा भिन्दै हुनु पर्ने भन्दै अदालतमा मुद्दा हालेका पनि थिए। 
 
अदालतले पनि सरकारलाई सजिलो पार्ने प्रयत्न नगरेको होइन तथापि चुनाव मार्फत संविधान लागु गर्न जुनसुकै हालतमा पनि अगाडि बढेको प्रतिप्रक्षी दलको दबाब सरकारले थेग्न सक्ने स्थिति थिएन  स्थानीय निकायमा ४६ प्रतिशत कार्यकर्ता को वैधानिक उपस्थितिको कारण उत्पन्न हुने परिस्थिति  भारी पर्न सक्थ्यो  । 
 
सरकारमा भएको माओवादी केन्द्रका मंत्रीहरु देउवा ले अपमान गर्दा गर्दै पनि निर्वाचन बिगार्न नदिनको लागि सरकार मै दबाब जारी राख्न देउवा सरकार को पिछा छोडेनन । 
 
 के काँग्रेसको लागि प्रतिकुल रहदा रहदै निर्वाचन सम्पन्न गर्ने महान् नेता हुन् ? 
 काँग्रेसको लागि कसरी प्रतिकुल समय थियो ? 
 
 १) २ वर्ष अघि नेका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान बनेकोले काँग्रेसलाई संविधान बनाउने कामको नेतृत्व काँग्रेसले गर्‍यो  अब समृद्धिको नेत्रितव काँग्रेस लाई भोट माग्न सजिलो नारा बनाउने काम गरेकै थिए । 
 
२) अहिलेको सरकार प्रमुख मात्र होइन सहयात्री दललाई बिना
 विभागीय बनाइ गृह्मन्त्रि समेत आफै थिए ।
 
३)निर्वाचन आयोग सरकार र काँग्रेसको दाहिना थियो । चुनावको एक हप्ता मुखमा सिडियो र प्रहरी प्रमुख आफू अनुकूल सरुवा गर्दा सरकार्लाई कुनै स्पष्टीकरण समेत सोधेंन /राज्यकोश बाट ३ अरब रुपैयाँ दुरुपयोग गर्दा निर्वाचन आयोग बोलेन । 
 
४) प्रहरी प्रमुख आफू अनुकूल बनाउन पाइप लाइनमा भएको आइजीपी नवराज सिलवाल हुन् नदीइ आफू अनुकूल बनाएकै थिए ।
 
५) सर्वोच्च अदालत्का न्याय धिश लाई कांग्रेस् पार्टी को विपक्षमा जाँदा कस्तो हबिगत व्यहोर्नु पर्द०छ भन्ने छनक शुशिला कार्कीको महाभियोग काण्डबाट देखिएकै थियो र हालका प्रधान न्यायधिस नेबि संग्घ्का पूर्व उपसभापति छदै थिए।
 
६) नजिकको छिमेकी भारत जसले नेपालमा केपी ओली फेरी प्र्धान  मन्त्री हुनु भनेको भारतको लागि डिजास्टर आउनु हो भनेर बाम एकता भत्काउन र मधेसी दल संग्ग काँग्रेसको तालमेल गराउन राजदूत र " र" का प्रतिनिधि रात्दिन खटेकै थिए ।
 
तसर्थ निर्वाचनमा प्रभाव पार्ने सम्पूर्ण शक्तिको एकलौटि उपयोग पार्दा पनि प्रतिपक्षी पार्टी जो माथिका प्रभाव पार्ने कुनै अनुकूल नहुदा नहुदै पनि सरकारलाई, काँग्रेसलाई, देउवालाई सहानुभूति दिनुको कुनै अर्थ छैन । 
 
चुनाव गर्न त संविधानको अनुसार अन्तिम  भैस्केको समय, प्रतिपक्ष पार्टीको धान्ने नसक्ने दबाब आदिका कारण  सम्पन्न भयो। त्यस कारण शेर बहादुर देउवा लाई उनको जोड बलमा परिस्थिति अनुकूल नहुदा भएको पटककै होइन /बरु सर्कार भने विपक्षी माथि असहिष्णु बंनॆर अधिनायकवादको आरोप लगाउदै थिए ।