छोराछोरी पिटेर अमेरिकामा जेल नभोगौँ

‘छोराको पाखुरामा हानेको एक थप्पड मेरा निम्ति जीवनभरिकै सबैभन्दा महंगो र पीडादायक सावित भयो,’ एक मित्रले गत साता सुनाए । उनी सितिमिति कोहीसँग पनि खुलेर कुरा गर्दैनन् । सधैँभरि केही हराएजस्तो, केही गुमाएजस्तो उनको अनुहारले देखाउँथ्यो ।    ‘के भयो र त्यस्तो ?’ मैले जिज्ञासा राखेँ ।    लामो सुस्केरा हाले उनले । निकै बेरपछि…