हाम्रो योजनाअनुसार आज खरसाङ्ग जानु थियो । दार्जिलिङ्गका थुप्रै ठाउँहरु अझै घुमिएको थिएन । घुम्न पनि समय नपुग्ने भयो । त्यसैले खरसाङ्ग जाने रेलको दौडधुपतिर लाग्यौँ । समय पनि कस्तो परेको ? रेल क्यान्सिल भएको पो रहेछ । अब बस नै भएपनि जाने भनेर बस बिसौनीतिर दौडियौँ । गौतमजी र देवेन्द्रजी खरसाङ्ग नजाने विचारमा हुनुहुन्थ्यो…