अनि पो दसैँ आउँथ्यो…

[caption id="attachment_1755290506063687" align="alignleft" width="225"] लिलाराज भट्टराई[/caption] केटाकेटी हुँदा डाँडामा लिङ्गे पिङ थाप्न बाबियो बाट्न थालेदेखि नै हामी खुसीले औँधी रमाइसकेका हुन्थ्यौँ । चचहुइइ....गर्दै पिङ मच्चाउने प्रतीक्षामा हुन्थ्यौँ । जब पिङ मच्चाउथ्यौँ, जीउ सिरिङसिरिङ भएपछि बल्ल लाग्थ्यो, अबचाहिँ दसैँ आयो । नयाँ लुगा लगाएर पिङ मच्चाउनुको मज्जै बेग्लै हुने । दसैँका बेला न हो वर्षदिनमा नयाँ…