ड्यालस (टेक्सस) । हिमालय हेल्थ क्लिनिकको सहयोगार्थ शनिबार साँझ ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको ग्रेपभाइनमामा भव्य गाला डिनर कार्यक्रम सम्पन्न भएको छ । टेक्ससमा कार्यरत नेपाली चिकित्सकहरु तथा स्वास्थकर्मीहरुको संस्था टेक्सस नेप्लिज मेडिकल एसोसिएसन र हिमालय हेल्थ क्लिनिकले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् । डिएफडब्लु मेट्रोप्लेक्सको युलेसमा गत वर्षदेखि निशुल्क रुपमा स्वास्थ क्लिनिक सञ्चालनमा छ ।…