मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा रहेका नेपाली नोभेम्बर ३ तारेखमा भाइटीका लगाउने पक्षमा

अमेरिकामा रहेका नेपाली नोभेम्बर ३ तारेखमा भाइटीका लगाउने पक्षमा

हिमालय खबर

शेयर गर्नुहोस:

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । स्वदेश तथा विदेशमा रहेका नेपाली समुदायमा दीपावली पर्वको रौनक छाएको छ । प्रवासमा रहेका नेपाली समुदायबीच भाइटीकाको साइतको बारेमा विगत वर्ष झैँ अन्यौल भने कायमै रहेको छ ।

अन्तर्राष्ट्रिय पन्चाङ्ग निर्णय समितिले एक विज्ञप्ति जारी गरेर स्वदेश तथा विदेशमा रहेका भाइटीकाको साइतहरु सार्वजनिक गरेको छ । समितिको निर्णयअनुसार अमेरिकामा भाइटीकाको साइत नोभेम्बर २ तारेखमा रहेको बताइएको छ ।

समितिले विज्ञप्तीमार्फत सार्वजनिक गरेको साइतअनुसार नोभेम्बर २ तारेखका दिन न्यूयोर्कमा बिहान ११ः४४ बजे, केन्टुकीमा ११ः५७ बजे, टेक्सासमा ११ः४५ बजे, वासिङ्टन डिसीमा ११ः४१ बजे र क्यालिफोर्नियामा ११ः२३ मा भाइटीकाको साइत रहेको छ ।

भाइटीकाको बारेमा दुईथरि धारणा आएपछि हामीले अमेरिकाको टेक्सासमा रहेका नेपालीहरुले भाइटीका कुन दिन लगाउने भनेर जिज्ञासा राखेका थियौँ । अमेरिकामा रहेका अधिकांश नेपाली समुदाय भने नेपालमा मनाइने नोभेम्बर ३ तारेखमा भाइटीका लगाउने पक्षमा देखिन्छन् ।

‘हाम्रो घर परिवार सबै नेपालमा छन् । नेपालभन्दा अमेरिकाको समय १२ घन्टा पछाडि रहेको छ । नेपालमा भाइटीका नलगाएर कसरी पहिले अमेरिका लगाउने ?’,  डा. भोजबहादुर बलायर भन्छन्, ‘आफूले सुरूदेखि नै दसैँतिहार नेपालअनुसार मनाउँदै आएको र यस पटकको भाइटीका पनि नोभेम्बर ३ मा नै लगाउँछौँ ।’

टेक्सासको ड्यालसमा लामो समयदेखि बसोवास गर्दै आएका पण्डित डा. शेखर पण्डित पनि यस वर्षको भाइटीकाको साइत नोभेम्बर ३ मा रहेको बताउँछन् । डा. पण्डितका अनुसार अमेरिकाको टेक्सासको लागि भाइटीकाको साइत नोभेम्बर ३ बिहान ९ः२९ देखि १०ः५० बजेसम्म लाभ उन्नति, बिहान १०ः५० देखि १२ः११ बजेसम्म अमृत सर्वोत्तम र दिउँसो १ः३१ देखि २ः५२ सम्म उत्तम साइत रहेको छ ।

भाइटीका लगाउँदा दिदीबहिनीहरु पूर्वतर्फ र दाजुभाइहरु पश्चिमतर्फ फर्केर बस्दा लाभ हुने उनको सुझाव रहेको छ । तर, भाइटीकाको साइतको बारेमा समाजमा वादविवाद गर्नुभन्दा आफ्नो समय अनुकूल र स्वविवेक प्रयोग गरी भाइटीका लगाउन नेपाली समुदायका अगुवाहरुको धारणा रहेको छ ।