अंग्रेजी पात्रो अनुसार हरेक सेप्टेम्बर महिनाको पहिलो सोमबार लेबर डे अर्थात मजदुर दिवस पर्ने गर्दछ। यस वर्षको मजदुर दिवस सेप्टेम्बर २ तारिख सोमबारका दिन पर्न गएको छ। मजदुर दिवसको अवसरमा हुने बिदालाई छोप्दै अमेरिकाको म्यासाचुसेट्स राज्यको ग्रेटर बोस्टनवासी प्रवासी नारीहरु नेपालीहरुको विशेष चाड हरितालिका तीज भव्यताका साथ मनाउने तयारीमा जुटिरहेका छन्। यसको चाँजो पाँजो मिलाउनका…