ड्यालस (अमेरिका) । अमेरिकाले नेपालीलाई प्रदान गरेको टिपिएस सुविधा १० वर्ष पछि खारेज हुने भएको छ । सन् २०१५ मा गएको भुकम्पपछि नेपालीलाई राहत दिनका लागि दिइएको टिपिएस (टेम्पोररी प्रोटेक्टेड स्टाटस) आउँदो अगष्ट ५ देखि खारेज हुने भएको छ । अमेरिकाको युनाइटेड स्टेट सिटिजनशीप एण्ड इमिग्रेसन सर्भिसेज (युएससिआइएस) ले विहीबार सूचना प्रकाशित गरेर दुई महिना…