मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
टेक्सस   
मुख्य समाचार   
साहित्य/सिर्जना   
हिमालय खबर तस्विर   

ड्यालसमा गजल कृति ‘धीत’ माथि परिचर्चा

ड्यालसमा गजल कृति ‘धीत’ माथि परिचर्चा


शेयर गर्नुहोस:

2.7k
Shares

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । गजलकार बिटु केसी बरालको हालै प्रकाशित नयाँ कृति ‘धीत’ माथि आइतबार अमेरिकाको ड्यालसमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

दुई दशकको अमेरिका बसाईलाई बिट मारेर केही समय अघि नेपाल फर्किएकी केसीको नयाँ कृति धीत गजलहरुको संग्रह हो । धीतले वर्तमान परिवेशमाथि चोटिलो प्रहार गरेको त्यस अवसरमा वक्ताहरुले उल्लेख गरेका थिए ।

Advertisement
ADVERTISEMENT

साहित्यकार भीम कार्कीले धीतमा अमेरिका र नेपालको सम सामयीक परिवेशमाथि लेखिएको उल्लेख गर्दै गजलकार केसीबाट भविष्यमा थप उत्कृष्ठ साहित्यीक कृति प्रकाशित हुने अपेक्षा व्यक्त गरे ।

अर्का समिक्षक तथा लेखक सञ्जय घिमिरेले गजल आफैंमा चोटिलो विधा भएकोले समिक्षा भन्दा पनि सुन्दा अझै चाखपूर्ण हुने टिप्पणी गरेका थिए ।

कार्यक्रममा लेखिका केसीले गजल कृति रचना गर्दाका अनुभव प्रस्तुत गर्दै आफुलाई अमेरिकालेनै यो विधामा कलम चलाउन प्रेरणा दिएको उल्लेख गरिन् ।

हिमालय खबर अनलाइन र श्रष्टा साँझको संयुक्त आयोजनामा भएको अन्त्र्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालस फोर्टवर्थकी च्याप्टर अध्यक्ष निर्मला राई, साहित्यकारहरु भगवती पौडेल, शिलु घिमिरे, बासुपुष्पा अधिकारी, तारा बरालले गजल संग्रहबाट वाचन गर्नुका साथै कृतिका बारेमा चर्चा गरेका थिए ।

हिमालय खबरका प्रवन्ध सम्पादक विकासराज न्यौपानेको सभापतित्वमा भएको सो कार्यक्रममा श्रष्टा साँझका अध्यक्ष प्रभात दीक्षितले स्वागत गरेका थिए ।

कृतिकार केसीले आफ्नो समय अब साहित्यको रचनामा खर्च गर्ने बताएकी थिइन् ।

शेयर गर्नुहोस:

2.7k
Shares