अमेरिकामा मन्दिर अभियान महाशिवरात्री पर्वका बेलामा नेपालमा श्री पशुपतिनाथ मन्दिर लगायतका शिव पीठहरुमा भक्तजनहरुको भीड लाग्नु स्वभाविक हो। हिन्दुहरुको आराध्य देव श्री पशुपतिनाथमा महाशिवरात्रिमा नेपालीहरु दर्शनका लागि जाने परम्पराले प्रवासमा समेत निरन्तरता पाउन थालेको छ। काठमाण्डौंस्थित श्री पशुपतिनाथ मन्दिरमा दशौं लाख भक्तजनहरुले दर्शन र पूजा-अर्चना गर्दछन् भने नेपाल बाहिर नेपालीहरुको बढी घनत्व भएका देश/शहरहरुमा महाशिवरात्रि…