अमेरिका, बोस्टन। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)ले आगामी कार्यकाल(सन् २०२५-२७) का लागि नयाँ कार्यसमिति चयन गर्ने भएको छ। संस्थाको विधान अनुसार, वर्तमान कार्यसमितिको दुइ वर्षीय कार्यकाल(२०२३-२५) समाप्त हुनैलाग्दा नयाँ कार्यसमिति चयनको प्रक्रिया अगाडि बढाइएको हो। निर्वाचन कार्य सम्पन्न गर्नका लागि संस्थाको कार्यसमितिका पूर्व अध्यक्ष बिष्णु कार्कीको संयोजकत्वमा डा.उषा शर्मा र प्रकाश अधिकारी सदस्य रहेको…