बिश्व घटना

उप्रेती नेतृत्वको समितिले आईसीसीसँग आधिकारिकताको पत्र माग गर्ने

उप्रेती नेतृत्वको समितिले आईसीसीसँग आधिकारिकताको पत्र माग गर्ने


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font

विकास उप्रेतीको नेतृत्वमा रहेको गैर आवासीय नेपालीसंघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले हालै नव निर्वाचित गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् (आइसीसी) संग आधिकारिकताको पत्र माग गर्ने निर्णय गरेको छ। अध्यक्ष बिकाश उप्रेतीको अध्षक्षतामा यही अप्रिल २, २०२६ का दिन बसेको कार्यसमिति बैठकको निर्णय अनुसार सो निर्णय गरिएको जानकारी एनआएनए, अमेरिकाका प्रवक्ता द्रोण गौतमले हिमालय खबरलाई बताएकाछन्। 

Advertisement

एक वर्षदेखि दुईवटा कार्यसमिति सक्रिय रहेको रहेको एनआरएनए अमेरिकाको राष्ट्रिय समन्वय परिषदको वैधानिकताको विवाद जारी रहेकै बेला उप्रेती नेतृत्वको कार्यसमितिले आइसीसीसंग पून आधिकारिकता माग गर्ने निर्णय हुनुले फेरि अमेरिकी एनआरएनएको विवाद सतहमा आउने अनुमान गरिएको छ। यस अघि डा. बद्री केसीको नेतृत्वको आइसीसीले समेत उप्रेती नेतृत्वको एनआरएनए अमेरिकाको कार्यसमितिलाई नै आधिकारिकता प्रदान गरेको थियो। 

गत वर्ष निर्वाचनताका नै डा. अर्जुन बन्जाडेको अध्यक्षता रहेको कार्यसमितिमा नै बरिष्ठ उपाध्यक्ष रहेका विकास उप्रेती र डा. बन्जाडे पक्षको समर्थनमा सतेन्द्र साहको नेतृत्वमा छुट्टै राष्ट्रिय समन्वय समितिको गठन भएको थियो। एक वर्षदेखि छुट्टाछुट्टै कार्यसमिति सक्रिय रहेपनि दुबै समितिले संभावित एकीकरणका लागि चरणबद्ध छलफल गरिरहेको वार्ता समितिमा समेत रहेका प्रवक्ता द्रोण गौतमले जानकारी गराएकाछन्। तर उप्रेती समितिको ताजा निर्णय पछि एकीकरण वार्ता कसरी अघि बढ्छ अहिल्यै नै केही अनुमान गर्न सकिने अवस्था छैन। 

नेपालमा बनेको नयाँ सरकार र हालै निर्वाचित आइसीसीको अध्यक्ष लगायतका पदाधिकारी र सदस्यहरुलाई बधाई ज्ञापन गर्ने निर्णय समेत गरेको  कार्यसमिति बैठकले आइसीसीबाट आधिकारिकताको पत्र प्राप्त हुनासाथ आवश्यक कागजातहरू संलग्न गरी टेनेसी राज्यको सेक्रेटरी अफ स्टेट कार्यालयमा अभिलेख अद्यावधिक गर्ने प्रक्रिया तत्काल अघि बढाउने निर्णय पनि गरेको प्रवक्ता गौतमले बताए। 

यसैगरी एमआईएस प्रणालीमार्फत तत्काल सदस्यता खुला गर्न आईसीसीसँग अनुरोध गर्ने र एनसीसी अमेरिकाको वार्षिक सम्मेलन आगामी जुलाई महिनामा बोस्टनमा आयोजना गर्ने निर्णय पनि उप्रेती कार्यसमितिले गरेको छ। 

प्रेश विज्ञप्ति