मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

यूक्रेनी राष्ट्रपतिद्वारा अमेरिकी संसदलाई ऐतिहासिक सम्बोधन

यूक्रेनी राष्ट्रपतिद्वारा अमेरिकी संसदलाई ऐतिहासिक सम्बोधन


युक्रेन माथि रसियाको अवैधानिक हस्तक्षेप युद्ध शुरु भएको तीनसय दिन पछि अमेरिकाको औपचारिक भ्रमणमा आइपुगेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले हिजो अमेरिकी संसदमा एक ऐतिहासिक सम्बोधन गरेका छन्।

युद्ध शुरु भएयता आर्मीग्रीन स्वेटसर्ट, कार्गो प्यान्ट कम्व्याट बुट सहितको पहिरनमा रहने गरेका जेलन्सकी ह्वाइट हाउसको औपचारिक कार्यक्रममा मात्र होइन अमेरिकी संसदमा समेत सोही ड्रेसमा उपस्थित भएर सम्बोधन गरेका थिए।

अमेरिकी सभामुख न्यान्सी पेलोसी, उपराष्ट्रपति कमला ह्यारिस अमेरिकी सांसदहरुले उनको भव्य स्वागत मात्र गरेरन्, उनको पीडादायी सम्बोधनका क्रममा दर्जनौं पटक उठेर ताली बजाएर उनी युक्रेनी जनता प्रति सम्मान व्यक्त गरेका थिए।

उनको करिब २३ मिनेट लामो सम्बोधनका क्रममा अमेरिकी सांसदहरुले उनको सम्बोधनलाई मात्र समर्थन जनाएनन्, अमेरिकी जनताको युक्रेनी जनताप्रतिको निरन्तर सहयोग सद्भाव पनि प्रकट गरे।

रुसको अवैधानिक अतिक्रमणका बिरुद्ध युक्रेनलाई अमेरिकाको निरन्तर सहयोग रहने अमेरिकी प्रतिबद्धताको झलक अमेरिकी संसदमा उपस्थित दुबै पार्टीका सांसदहरुले राष्ट्रपति जेलन्स्की युक्रेनप्रति देखाएको ऐक्यबद्धताले देखाइरहेको थियो।

दुई दिनमा हामी क्रिसमस मनाउने छौं। सायद मैनबत्ती बालेर। यो धेरै रोमान्टिक भएकोले होइन! किनभने अहिले बिजुली बत्ती बाल्न हामीसंग बिजुली हुनेछैन,” निकै भावुक हुँदै जेलन्स्कीले भने। यति भनिरहँदा जेलन्स्कीको शब्दहरुमा युद्धको मारमा परेका युक्रेनी जनताको पीडा बाहिरिएको थियो। अमेरिकी सांसदहरुलाई रसिएन अतिक्रमणको विरुद्ध संसारसंगै उभिन अझ उत्प्रेरित गरेको जस्तो लाग्थ्यो।

(अमेरिकी संचार माध्यमहरुमा प्रकाशित जेलन्स्कीको सम्बोधनमा आधारितसंम्पादक)

तस्बिरः सिएनएनबाट